कोरिया आएको ५ महिना पूरा भएको छ । भाषा त्यति नजानेपनी काम हल्काफुल्का जानेको महसुस थियो । मेरो काम वास्तवमा गाह्रो नै हो किनभने निरन्तर २५ किलोग्रामको बोरा उचाल्नुपर्ने, राति दिन गरेर सिफ्ट परिवर्तन भइरहने, मेसिनको चर्को हल्ला । काम त जसोतसो गरिएकै थियो तर अचानक काम गर्दागर्दै तागत हरायो काम गर्न सकिएन, ज्वरो आयो, कोठामा आउन पनि दिएन, साह्रै नसकेपछी आफ्नै खर्चमा अस्पताल जादा कोरोना देखियो । कोरोना देखिएपछाडी बल्ल गाह्रो भएको छ? भनेर सोध्छ । यहाँ केवल कामसँग मतलव छ, कामदारको स्वास्थ्य, मनस्थिति केही प्रवाह छैन । कोरिया कमाइको हिसाबले ठिकै हो तर अरुको काममा कसरी खोट लगाउने, विदेशीलाई कसरी काममा पेलाउने भन्ने नै यी कोरियनहरुको धारणा हुदोरहेछ । 



कोरिया भन्दैमा पुरै कोरिया विकसित भने छैन । हामी विकट गाउँमा छौ, बजार पनि हिडेर जादा आधा घण्टा लाग्छ, १ घण्टा हिडेर सप्तान्तको किनमेल गर्न आउने नेपाली साथीहरू पनि भेटिनुहुन्छ । नेपालमा पाइलैपिच्छे किराना पसल हुन्छ भने यता मसाज सेन्टर । कपाल काटेको नेपाली १२००-२००० जति पर्छ । ५ जना नेपालीले एकै ठाउँमा खाने किनमेल गर्दा एक छाकमा नर्मली नेपाली १०,००० को सपिङ गर्नैपर्ने हुन्छ । मासिक नेपाली ३०,०००-५०,००० त खर्च यहि नै भइरहेको हुन्छ । 


छुसक नजिकिदै गर्दा अरुहरुको कम्पनीमा बोनस दिदारहेछन् हाम्रोमा चाहिँ दात माझ्ने मन्जन लिने कि पिउने जुस लिने रोज्न पो लगायो । सेफ्टी जुत्ता उप्किएर लगाउन नमिल्ने हुदा पनि वर्षमा एक पल्ट मात्र पाइन्छ भन्छ । समस्या अनेकौं छन् । होस्टेलमा एउटा कोठामा ४ जना बस् भन्छ, एक जना उजुबेकी सँग बस् भन्छ । गोरु खाने मुस्लिम र बंगुर खाने हिन्दु एकै ठाउँमा बस्न कसरी सहझ हुन्छ र! हुदैन त्यसरी भन्दा खेरी ए नेपाली मनलाग्दी नगर् भन्छ । इपिएस मा साच्चै धेरै समस्या छ । 


कोरियामा पैसा वाहेक त्यस्तो राम्रो अरु केही भेटेको छैन । आ आफ्नो विचार हो । मेरो मनका भावहरु आजलाई यहाँ पोख्ने जमर्को गरे । पढेर साथ दिनुभएकोमा धन्यवाद ! फेरि भेटौला ।

Post a Comment

Love you!!!

और नया पुराने