'चुप', 'त चुप' मैले हप्काए । उ अझै थप्न खोजै थिइ, चड्कन लगाएर धकेलिदिए । रुने पालो उसको थियो, रुदारुदै कपाल बिग्रीरहेको थियो, गाजल लत्पतिएको थियो । हिड् भित्र- म कड्किए, मानिन.. अर्को चड्कन लगाउन मन लाग्यो.. तर रोकिए । खुबै मायालाग्दी देखिएकी थिइ, फेरि दोहोर्याए-'ल भयो, हिड' । उठिन, ताने अनि भित्र लिएर बेडमा
छोड्दिए । अझै सुक्क सुक्क गर्दै थिइ, उसको हालत सम्झेर जान मन
लागेन, एक्लै केही गरि भने । साह्रै विद्रोही थिइ, यसपालि मन र तन दुवैमा
लागेछ क्यारे चुपचाप थिइ । तराईको जाडो साह्रै थियो । पानी तताए अनि
मुख धुन लगाए । उ अझै चुपचाप थिइ, उसको यहि अवोधपन नै मलाई मन पर्थ्यो । 'किन मौन?' भन्दै निधार जोडे , उसका आँखा फेरि रसाउने थाले……'अलि भरपर्दो हुन सिक न बेबि, रोएर के पाउछौ ?', लाग्यो अलि सम्हालिइ । ओठमा ओठ जोडे, उसले पनि साथ दिन थाली, कुरा मिलिहाल्यो । 'खाना खाने?' नम्र प्रश्न गरि, 'बनाउछौ?' म हासे । 'मैले खानु परेन?' आँखा यताउता डुलाई । मनमनै हासिरहे…………

उनीसँगकाे प्यारो झगडा

Post a Comment

Love you!!!

और नया पुराने