माया सबैथोक भएरपनी पेट भोको भएपछी विदेशीनुपर्छ । १ २ पैसा कमाउदा कमाउदै जीवन सक्किन्छ । जीवन सुन्दर छ, मायाले सुन्दर बनाउछ भन्ने "म" आजकल गम्भीर छु । जीवन भन्दा पनि ठूलो पैसा हो र! पक्कै होइन होला नि! होइन नै जिन्दगी मायाले नै चल्ने हो, व्ययभार पो पैसाले हो त । व्ययभार मायाले नचल्ने भएसी विदेशीनुपर्ने रैछ भन्ने मैले बुझे ।


संसारको जुनसुकै ठाउँमा पुगु तर एकैपल पनि उनको मायाको आभाष पाउ त! जतिसुकै संघर्षको भुमरीमा पनि हाम फाल्न तयार छु । सँगै हुदैमा मात्रै मायाको आभाष हुन्छ भन्नू गलत हो । जब उनी छिन् यो संसारै मेरो हो, जब उनी छिन् म मात्रै हिरो हो, मै उनको प्यारो हो । जब माया छ मान्छेले संसार जित्न सक्छ, विश्वलाई घर बनाउन सक्छ । मायामा तागत हुन्छ भन्ने सुन्नु भएको भए यो त्यसैको उदाहरण हो । 

जिवन-सुख मात्रै होइन, सधै सुख खोजेर पनि पुग्दैन । केही संघर्ष गर्न सक्नुपर्‍यो, तितो नमिठो खानसक्नुपर्‍यो, त्यैसै उनको हिरो बनिन्छ त? दु:ख के हो बुझ्नुपर्‍यो । जिन्दगीमा दुख बुझेको, माया देखेको र चोट सहेको मान्छे नै महान हो । उ यति शक्तिशाली छ, तपाईं सायदै आँकलन गर्न सक्नु होला । मायासामु तितो नमिठो केही होइन, संघर्ष र दुख पनि केही होइन । यो सबै आट र साहस हो । सुनिन्छ नि आट र साहस नहुनेले प्रेम गर्न जान्दैन, यो त्यही हो ।

माया यति प्रिय शब्द हो, जसको वयान म त के शेष नागले पनि गर्न सक्दैन होला जस्तो लाग्छ । प्रकृतिको हरेक चिज मायामा लिप्त छ । संसारभरी मायाले नै संघर्षरत म जस्तै कैयौ छन् । त्यसै भनिएको होइन मायाले संसार जितिन्छ । संसार जितेकै हो उनको मायाले मेरो मायाले । 

©आकाश चोचाङ्गी 
2023-Dec-23-Sat-4:09am

Post a Comment

Love you!!!

और नया पुराने