aakash articles

 
१६/१७ की चुलबुल अानीबानी, वर्षौ पछि उनी सँग भेटेको थिए । पहिला भन्दा अलि राम्री भएकी, बोली उस्तै थियो कुनै परिवर्तन थिएन तर परिवर्तन भएको म थिए । वर्षौ अघि कुनै वास्तै नलाग्ने उनी प्रति आज मोह जागेको थियो । म तिर खासै नजर नफालेकीले मलाई झन नियाली नियाली हेर्न मजा भएको थियो । एक सेकेन्ड भएपनि पुरूष हुनुको चरितार्थ लोभी नजर नै रैछ भन्ने विश्लेषण गर्न पनि भ्याइहाले । सायद त्यतीनै खेर कसैले मेरो तस्विर लिइदिएको भए मेरो अनुहारको भाव कस्तो भएको थियो होला, खुल्दुली निकै उत्तेजक लाग्छ । सायद यसरी नानाथरी सोचेर एक्लै रमाउने संसारका सिमीत मान्छेहरूमध्यको टपमा मै हुला । सोचाई जेसुकै भएतापनि आचरणले त्यतीविधी क्रेजी स्वभावको कहिल्यै हुन जानिएन । माया प्रकट गर्न पनि जानिएन, तिम्रै त हु खालको आभाष दिलाउन पनि जानिएन । कसैले संसारकै सबैभन्दा लठेब्रो को ? भनेर नसोध्ला तर सोध्यो भने 'मै त हु' भन्न मन लागेको छ । भएभरको मानसिक इफोर्ट लगाएर अलिकति भएपनि उनीजस्तै चुलबुल गर्न मन लागेको छ । एपिजे अब्दुल कलामले 'सपना त तिनै हुन्
जसले निदाउन दिदैन' भनेको यहाँ प्राक्टिकली रिअलाइज भइरहेछ । खै केके भयो, तन आधा, मनमा बाधै बाधा । झम्टेर अँगालो हाल्न नमिल्ने, यस्तै छोड्दिउँ है !!!

Post a Comment

Love you!!!

और नया पुराने