-Surakha Gurung
Prithvi Narayan Campus, Pokhara
सोचे जस्तो जिन्दगी त भगवानको पनि थिएन होला, हाम्रो पनि त छैन। रुदै सुरु गरेको जीवनको रुदै अन्त्य हुन्छ । खुशी हुने त जिन्दगीको यात्रामा नै त हो नि ।
जिन्दगीमा खुशी तिम्रो परिवारले मात्र दिनसक्छ भन्ने त भ्रम मात्र हो नत्र त अनाथलयको बच्चाहरु खुशी छैनन् होला!जिन्दगीमा आउने हरकोहि मान्छे खास हुन्नन् तर जो खास हुन्छ नि उ नै जिन्दगी लाग्न थाल्छ ।परिवारको माया आफ्नो ठाँउमा छ र उसको माया पनि आफ्नै ठाँउमा छ। हिजो अस्ति चिनेको,भेटेकाे भएतापनि उसलाई बच्चा बेला देखि नै चिनेको जस्तो लाग्छ। उ सँगको कुराकानी नै मेरो रिसको औषधि बनिदिन्छ अनि दुखको साथ पनि । रिसाउदा फकाउने र रुदा सम्झाउने मान्छे भए पछि जिन्दगी त त्यसै रमाइलो लाग्न थाल्दो रहेछ । जिन्दगीको हरेक दु:ख पनि सहन सक्छु जस्तो लाग्दो रहेछ र सहन पनि सकिदो रहेछ । मैले उसको साथ त्यति बेलामा पाए जब मलाई कसैको साथको जरुरत थियो । उसले फिका लागिसकेको जिन्दगी फेरि रंगिन बनाइदियो । बिस्तारै सबै जना म बाट टाढा हुँदै गए तर उ भने झनै नजिक हुँदै छ । जुन साथीहरु बर्षौदेखि मेरो साथमा थिए आज सबै टाढिए तर अहिले उ नै मेरो bestfriend बनिसकेको छ । Care, Love,Guide सबै गरिदिन्छ मेरो आमाले जस्तै । आमाको माया अहिले पनि उत्तिकै छ । तर साथी, आमा दुवैको माया उसले दिएको छ । दु:खमा साथ दिएको उसले सुखमा साथ दिन्न होला भनेर त म सोच्न पनि सक्दिन। समय सँग सँगै उसको माया कहिल्यै कम नहोस् दु:ख सुख त जिन्दगीमा सगै कटाउला नि है! बस् सास रहुन्जेल साथ दिनु माया कहिल्यै कमि हुन नदिने मेरो वाचा भयो ।
एक टिप्पणी भेजें
Love you!!!