finally, ccvi पनि आयो तर तालिम भने गर्न पाएको छैन । भैसेपाटी तालिमकेन्द्रमा फोन गरे, भोलि गर्नुस् भाइ आज बिजि छौ अरे, भोलिपल्ट गरे, १ घण्टा पछि गर्नुस् अरे, १ घण्टा पछि गरे बल्लतल्ल एक महिना अगाडि तालिम सर्यो तर पनि एक महिना भन्दा बढी चाहिँ कुर्नैपर्ने भयो । यस दौरानमा सँगैका साथीहरू निकै कोरिया पुगिसकेका थिए । नेपालमा अरु त ठिकै हो, पैसाकै समस्या धेरै हुने, कहिले विदेश जान पाइएला भन्ने मनमा हुने । विदेशमा दुख छ थाहा छ तर आर्थिक अभाव र सामाजिक विभेदका कारण नेपालमा भन्दा केही समय विदेशमै कमाएर फर्कौ भन्ने हुदोरहेछ ।
१ महिनापछि बल्ल तालिमको मिति आयो । विहानै गाउँबाट जिप चढेर कुश्मा पुगे । कुश्मादेखी पोखरा पुगेर साथी कबिराजसँग भेटेर दुवैजनाले रात्री बस बुक गर्यौं । रात्री बसले बिहान ५ बजे कलंकी पुर्याइदियो । कलंकी देखि हामी एकान्तकुना हुँदै पाटन अस्पताल गयौं । विहानको बल्ल ६ बजेको थियो, ८:३० मा मात्र बल्ल मेडिकल चेक भयो तर साथिको कोरियन मैत्री अस्पतालमा मेडिकल भएकाले उ चाहिँ चारदोबाटो गयो र करिब ११:३० सम्ममा मेरो काम सकिएपछी गावहाल शाखामा रहेको नेपाल बैंकमा पुगेर दुवै जनाको सिसिभिआई फर्म शुल्क वापतको रु. ७,८००/- बुझाएर दुवैजना ग्वार्कोमा भेटेर खोप लगएको qr code बनायौं । त्यसपछी भैसेपाटी पुगेर होमस्टेमा बास बस्यौ ।
तालिम जम्माजम्मी ६ दिनको थियो । तालिमको खाना खाजा चाहिँ गतिलो थिएन । धेरैलाई वान्ता हुने, पखाला लाग्ने गरेकाले डर लागेर थोरै मात्रै खादा पनि तालिम सकेको दिन मलाई पनि फुड पोइजन भयो, जुन कुराले एकदमै दुखित बनायो । आइतबार पाटन र कोरिया मैत्री अस्पताल पुगेर मेडिकल रिपोर्ट लिएपश्चात ग्वार्कोमा रहेको इपिएस कार्यालय पुगेर सिसिभिआई फर्म भर्यौ अनि फेरि रात्री बसमै पोखरा आयौं । पोखराबाट साथी सोही दिन म्याग्दी गयो म चाहिँ त्यो दिन बसेर परिक्षणकालिन बाइकको लाइसेन्सलाई स्मार्ट लाइसेन्ससँग साटेर भोलिपल्ट घर आए । अब www.visa.go.kr मा भिसा चेक गर्ने अनि www.epsnepal.gov.np मा परपोजल र फाइनल चेक गर्ने काम हुनेछ ।
एक टिप्पणी भेजें
Love you!!!