समाजले न्यून, मध्यम र उच्च भनेर धन सम्पत्तिको वर्गीकरण गरिदिएको छ । यसै विभेदको मारमा कैयौं युवाहरु हातमा योग्यता हुँदाहुँदै पनि अन्य विभेदहरुको मारमा अल्झिदै विदेशिन बाध्य हुन्छन् । तिनै विभेदको सिकारबाट अछुतो रहन म पनि कहाँ सकुला र! फाइनान्स विषय लिएर स्नातक (बिबिएस) को ट्रान्सकृप्ट र सर्टिफिकेट लिएपछी म पनि कोरिया श्रमिक बनेर जानको लागि भाषा पढ्न तिर लागे । त्यसैबेला कोरोना महामारीको विगविगीले गर्दा भाषा अध्ययन पनि रोकियो तर थुप्रै उतारचढावका बिच भाषा पढियो, अनलाइन क्लास लिइयो, ट्याबमा दिनहु Trial Exam दिइयो र काठमाडौ पुगेर परिक्षा दिइयो । त्यसपछि शहरको कोलाहल छोडेर विहे गरेर गाउँ आइयो । विवाहको साझ नै रिजल्ट आउट भयो र पास भएपश्चात मेडिकलको लागि फेरि काठमाडौ गएर सम्पुर्ण कुराहरु जस्तै: मेडिकल, बैंकिङ काम, रोजगार आवेदन फारम इत्यादी गरियो । ३ महिनापछी issue को काम अगाडि बढ्यो । भाग्यवस एउटा कम्पनीले hire गर्‍यो अनि labour contract पठायो । पहिले पहिले labour contract मा हस्ताक्षर गर्न काठमाडौ ग्वार्को नै पुग्नुपर्थ्यो रे तर आजकल जानु नपर्ने रहेछ, auto signed हुदो रहेछ । आइडिमा  signed देखाएपश्चात भैसेपाटिमा तालिम गर्नको लागि बैंकमा ६३$ बराबरको नेपाली रु. ८,३७०/- बुझाएर फर्म भरियो । तर यो महिना पुस हो, तालिमको मिति भने चैत्रको अन्तिम तिर मात्र परेको छ । चाडै ccvi झर्‍यो भने फेरि सार्न मिल्छ मिल्दैन थाहा छैन । न्यून र मध्यम वर्गीय युवाहरुको एउटा सपनाको कर्मथलो कोरियाले निराश नपारोस्, अब परिक्षा दिने साथीहरूलाई पनि शुभकामना ।

Post a Comment

Love you!!!

और नया पुराने