कोरोना भाइरसको हल्लाले बजारभरी सन्नाटा छाएको छ त्यस्तै जस्तै यो मनमा पनि । मनलाई हलचल बनाइदिने आकृती सँग मेरो वाक रोमान्स भएको छैन । दिमागले पनि त्यस्तो कुनै स्वादको अनुभुती गर्न पाएको छैन । वास्तविक जिन्दगीको भाइरसले व्यापार अनि मेरो मन भित्रको यस्तो भाइरसले शब्द लेख्न पनि जुरेको छैन । यस्तै यस्तै भएर हिजोआज कसैलाई पनि पर्सनल म्यासेज गएका छैनन् न त कुनै कहानी पाण्डुलिपी बनेका!!
आज शनिबार बेरोजगार भएर सुतेर निदाउन आट्दै थिए, त्यतीनै खेर "टिङ्ग" फेसबुकको मेसेन्जरमा एउटा म्यासेज आयो । को भनेर हेरेको, ३ महिना पहिलाको अपरिचित तर त्यसपछी परिचित भएकि एउटि केटि थिई ।
उसको म्यासेजमा यस्तो थियो "मेरो हासी रहने बानीसँग उसलाई डाहा लाग्छ अनि हसाउने बानी चाही आहा रे। यो भनाइ कस्को हो?"
एकपटक त अचम्म लाग्यो, सुने जस्तो लाग्छ, हत्तेरिका
यी शब्दहरु त अरु कसैको नभएर मैले 6/7 पटक सम्म छाटकाट गरेर मिलाएको वाक्य थियो, वास्तवमा कुनै भनाइ थिएन, यो त हरेक प्रेमिल मनहरुको ढुकढुकिको आवाज थियो ।
उनिसँग भेटभएपछी जीवन अलिक रङ्गिन बनेको छ । रातको १, २ बजेसम्म फोनमा गफ गरिरहन मन लाग्ने आदत बनेको छ । रातभर फोनमा बोलेर उसले म सँग एउटा ईतिहास रचेकी छे । इतिहासको के कुरा गर्नु, मायामा ठुल्ठुला ईतिहास नै रचिन्छन् । प्रसिद्द कहानी रचिन्छन् ।
त्यसो त यो मेरो पहिलो प्रेम भने होइन तर अन्तिम प्रेम बनाउने कोसिस जारी छ । जिन्दगी जसरी नि चल्छ भन्ने धारणालाई मिल्क्याएर जिन्दगी रंगिन बनाउनुपर्छ भन्ने आभाष भएको छ । आफ्नै अलग्गै संसार बसाउने अनि अनगिन्ती रहरहरुलाई पूरा गर्ने ठूलो लक्ष्य काधमा छ । कैयौ पटक मुटाव र मेलका क्षणहरु संगाल्न मनपर्छ । प्रेम अन्धो हुन्छ भन्ने उखानलाई फेर्दिन उत्सुकता छ ।
हेरौ केके हुन्छ।
एक टिप्पणी भेजें
Love you!!!