थियो थिएन खै मनका रहरहरु त तर, उनी भेटिएपछी अनगिन्ती छन् प्रेमका रहरहरु । म काले दिलवाले उनी हल्का काली तर मन लोभ्याउने वाली । बिहान उठेपछि राती ननिदाउन्जेल सम्म मलाई उनी चाहिन्छ, उनलाई म । फुर्सदमा सुरु गरेको प्रेम सम्बन्ध अहिले अतिव्यस्त हुँदा पनि उस्तै गाढा छ । सम्बन्ध भनेकै गाढा राम्रो फिका त चियापत्ती होला, मलाई चियापत्तीवाला सम्बन्ध मन पर्दैन । म मान्छे दुब्लो छु पातलो छु तर कडा छु, हरेक इच्छाएको कुरामा मलाई 100% चाहिन्छ, कि त म सुरु गर्दै गर्दिन कि त म पूरा नगरी छोड्दै छोड्दिन । एउटा मध्यम वर्गीय नेपाली समाजमा हुर्केको भएतापनी मेरो परिवारमा मलाई भरिपुर्ण बनाएर हुर्काइएको छ त्यसैकारणपनी अलिक घमण्डी त म छु नै तर बेवफुक भने हैन । मलाई कसको कदर गर्ने कसलाई वदर गर्ने राम्रो सिकाइएको छ । उनि मेरो प्रेमको लायक थिइन् म उनको, बाँकी दुनिया र समाज के बोल्छ मतलवको विषय छैन र त्यसमा हाम्रो रुचि पनि छैन । हिजो भर्खर जस्तो लाग्छ हाम्रो परिचय भएको तर कति चाडो वर्ष वितेछ, मनपर्ने मान्छेसँग हिड्दा बाटो छिटो र सजिलोसँग काटिन्छ भनेको यहि होला । मेरो जिन्दगीको गाह्रो समयनै यो वर्ष थियो झनै सजिलोगरी यो वर्ष काटियो । यसैगरी बाकी जिन्दगी खुशीहुँदै दुखी हुँदै जे सुकै तर उनिसँगसँगै विताउने चाहना छ, र यसमा पनि मलाई 100% चाहिन्छ ।

Post a Comment

Love you!!!

और नया पुराने