हरेक पल्ट जब सोचमग्न हुन पुग्छु, मुस्कुराउछु एक्लै एक्लै लजाउछु । कोहि मलाई हेर्दै पो छ कि ! 😁 सम्हालिन्छु । हरेक पल्ट जब तिमीसँग हुन पुग्छु, सधै यसरी नै तिमी सँगै हुन पाउ आशा माग्छु ! 😒 भावुक हुन्छु, कतै तिमीले यो नोटिस गर्यौ कि भन्दै सम्हालिन्छु अनि फेरि मजाक नै मजाक सुरु गर्छु । म पढ्न थाल्छु तिम्रा ती नयनभरी छरिएका दोधारेपनहरु । म भेटाउछु इमोस्नल फिल वाला प्रेम, थोरै वासना, अलिक बढी शालिनता, इमान्दारिता अनि छेवैमा त्यो शङ्का ! 💌म्यासेन्जरको मजाक ठट्टा भित्रै हामी जोडि बन्छौ,म तिमीलाई वेहुली बनाउछु । ठट्टा भित्रपनी तिमी लजाउने, डराउने, इमान्दार बन्ने गरिरहन्छ्यौ । म अझै गहिराइ छिचोल्छु तिमीपनि समर्थनमा आइपुग्छ्यौ 🌹 र त्यो बेला लाग्छ साच्चिकै खुला दिलले म सँग माया साटिदेउ, मेरो हृदय सजाइदेउ 😍 तर तिमी रिसाउने डरले मैले ठट्टालाई ठट्टामै सिमित राख्छु र भन्छु 'अनि अरु सुनाउ' !! तिमी त्यही आग्रह मलाइ गर्छौ । मलाइ सोध्न आउदैन, भन्न आउदैन अनि स्टिकर चहार्छु । खै कुन पो पठाउ! अलिकती रोमान्टिक जुन लाग्छ त्यही पठाउछु । प्रतिक्रियामा तिमी फेरि लजाउन, इमान्दार बन्न सुरु गर्छौ, मलाई गिज्याउन मन लाग्छ ! जब तिम्ले हासेको स्टिकर पठाउछ्यौ मलाइ उहीँ तिम्रो किल्लर वाला मुस्कान याद आउछ । म यस्तै यस्तै साना चिजहरुमा फिल गरिरहेको हुन्छु, हराइरहेको हुन्छु अनि एक्कासी तिमीले सुत्न गए भनेर लेख्छौ, मैले हवस् भन्छु, थोरै खल्लो सोच्छु तर रात अबेर भएको घडिमा देखेर हतारिदै निदाउने कोसिस गर्छु । निदाइ पनि हाल्छु । तिमी सपनाहरूमा पनि म सँग समीप हुदा तिमी पनि कताकता थोरै त मलाइ माया गर्छौ भन्ने सोच्छु अनि आँखा मिच्दै विहानै उठ्छु र पर्खिरहन्छु कत्तिखेर साझ पर्ला अनि अनलाइनमा कुरा गर्न पाउला भन्दै.....
तिम्रो याद

Post a Comment

Love you!!!

और नया पुराने