सिरानी उल्टो बनाएर यहि सपना तिमीलाई पनि पठाइदिउ कि झै उच्छृंखल सोच पनि आयो तर फेरि सोचे सपना हुबहु जान्छ नै भन्ने के ग्यारेण्टी र ! अन्तत: मैले त्यसो गरिन । मानिसको जिन्दगीमा आफ्नो भन्ने चिज भनेकै सपना हो । हिजोआज सपनामा एकछत्र राज गरेर नयाँ सामन्तवाद कायम गरेकी छ्यौ एक्लै हुदा पनि भित्ता पढेजस्तो गर्यो तिमीलाई नै सोचेर बस्यो । मान्छेहरूको आखा छल्न, नाट्यशैलीमा आखा डुलाउन माहिर भएको छु । अरू छोडौ न, फिल्म हेर्दा पनि तिमी हिरोइन म हिरो !सोचाई पिच्छे तिमी नै तिमी । मनै भरी तिमी, आखा भरी तिमी र यो दिलमा पनि तिमी । तिमी पनि मलाई यसरी नै माया गर्ने गर ! भविष्य सोचेर रम्ने गर ! थाहा छैन हामी सँगै हौला नहौला तर अँगालोमा बाधिएको सोच्ने गर ! मलाई सकेसम्मको बल गरेर फिल गर, तिमीलाई पनि मलाई जस्तै हुनेछ । कल्पनामा डुब्ने बानी लाग्ने छ, साच्चै तिमीलाई पनि प्रेम हुनेछ । प्रिती बस्नेछ ।
उच्छृंखल सपना

Post a Comment

Love you!!!

और नया पुराने