एक टकले लज्जामुखी अनुहारभरी नियाल्दै तिम्रो हात कुनै वहानाले समाउदै थिए, तिमी झन त्यसलाई कसिलो बनाउदै थियौ । मलाई हुनुसम्मको मज्जा र लज्जा त्यतिखेर लागेको थियो । तिमी सँगको त्यो वासना सायदै अरू कसैको हात समाउदा फिल भएको होला । आफैलाई आत्म नियन्त्रणमा राख्दै औला औला गरेर सिंगो हात स्वतन्त्रतामा ल्याएको थिए । मैले अलिक बढिनै आकर्षण र नियन्त्रणहरू अनुभव भोग गरेको कारण उपहासको हासो हासेरै भएपनि त्यसलाई अगाडि बढ्न दिइन । म प्रतिको अबोध आकर्षण देख्दा म अचम्मित त छदै थिए । त्यसपछिको हाम्रो मौनताले मलाई अलि अप्ठ्यारो महशुस गराएको थियो । मोहाइलमा घडि हेरे ३ बज्न आटेछ । रेष्टुरेण्टको अर्को टेबुलमा मेरो हाइस्कुल पढ्दाको साथी आएको रैछ, नजर लुकाउदा लुकाउदै पनि उसले देखिहाल्यो, मैले मनमनै उसलाई गाली गरे । तिमीलाई एक्लै कुराउदै म उ सँग एक छिन गफ गरेर आउदा अर्डर आइसकेको थियो तर...
तिम्रो आखा भरिको आशुले मलाई खल्लो बनायो । तिमी मेरो मोबाइल फोनमा केही पढ्दै थियौ, मलाई धेरै सोच्नु परेन । 'यो private number भन्ने को हो?' तिमी रिसाएकी थियौ, म सँग कुनै जवाफ थिएन, सरासर मोबाइल फोन लिए अनि 'कोहि होइन' भने । िनस्किने बेला फेरि प्रश्न गरेकि थियौ, मेरो जवाफ उहि थियो । यसपाली निकै उग्र रूपमा प्रस्तुत भएकी थियौ, म केही बोल्नु अगावै मलाइ धकेलिदिएकी थियौ अनि म रिसाउदै ट्याक्सी रोकेर कोठा पुगिसकेको थिए ।
आज एक्कासी चार वर्ष पछि तिमी सँग जम्काभेट हुदा म कुनै दिनको भावमा विलिन भएछु । आखा जुधेछन्, मन बोलेछ तर हामी बोल्न सकेनछौ । तिमी टाढिएपछि मैले तिम्रो बारे केहि पनि खोजिन, सोधिन! सायद तिम्ले पनि । चार वर्षमै तिमी अर्कै भइछ्यौ, सिंदुर सजिएछन् । यतिखेर तिम्रो ४ वर्ष अघिको प्रश्नको जवाफ म सँगै थिइन् । मैले पनि विहे गरिसकेको थिए । धेरै हेराहार हुनु दुवैको लागि खतराको घण्टी थियो । हामी एकअर्कालाई चिनेको नचिनेझै गर्यौ बाटो लाग्यौ ।
म कुनै दिनको भावमा विलिन थिए

Post a Comment

Love you!!!

और नया पुराने