गाँउमा लभ गर्ने शैली
गाउँमा एनसेलको नेटवर्क खत्तम नै थियो, त्यसैले नेपाल टेलिकमको प्रीपेड सिमकार्ड लिएर बन्दोबस्त गरेका थियौ । यो पनि बेस्ट त थिएन तर गुड भन्न मिल्ने थियो । याद भन्दा बढी टेक्स्ट मेसेजिङको लत लागेको थियो, याद उसको भन्दा बढी मेसेजको आउथ्यो । भन्न नहुने हो तर खै मस्तिष्क र दिलको सहकारिताले गर्दा होला, माया छ भन्ने स्वीकार नगर्दा नगर्दै पनि उ मेरो खुशी हुने स्रोत हो भन्न चाहिँ पर्ने जस्तो अवस्था 😂😂😂 फेसबुकको पास्वर्ड साटासाट गरिसकेपछी एकदमै लिमिटेड भएको अनुभव भयो । भएभरका पुराना म्यासेज कन्भर्सेसन डिलिट गरेर केटाकेटा सँग च्याट गरेको मात्रै बाकी राख्नुपर्ने 😂 तर ट्याग, मेन्सन इत्यादी देखावट नगर्ने भएकोले कसैको शंका सँग शंका मान्नुपर्ने छैन । न मेरो तस्विरमा उसको लाइक, न मैले उसकोमा 😂 मज्जाको रिलेसनसिप 💕💕
सँगै हुदा पनि सिधा भएर 😂 नौलो व्यक्तिसँग जस्तो सन्चोविसन्चो, परिवार बारे सोधासोध गर्दै गर्दा चियो नै गरेपनी शंका गर्ने ठाउहरु त अँध्यारो साघुरो बनाएको थिए । फोनमा कुरा गर्दा घरकाले थाहा पाउँछन् भनेर म्यासेजमा बोल्ने गरेको स्मार्ट तरिकाले पनि धित नमार्ने थियो । तर यस्तै चलिरहेछ......

Post a Comment

Love you!!!

और नया पुराने