झन्झनाहट


जसरी होस् नजिक हुनै थियो, सोचेको जस्तो त्यसै
त्यती सजिलो गरी नहुने । इन्टरनेटको पहुँच सम्म पुगेर
प्रश्न सोध्दै थिए, अहँ घतलाग्दो जवाफ कहा मैले
पाउनु !
एक प्रकारको डर तिमीमा विदितै थियो, म ठ्याक्कै
विपरित ! डर नै नमान्ने । कताकता भेटघाटका घडिहरू
पालो र पैचो जस्तै कहिले तिम्रो कहिले मेरो -समय
नमिल्ने भएको थियो । केहीबेर विगतमा रम्ने अनि
सम्हालिएर मुस्कुराउने बाहेक बचेका खासै केही थिएनन्

सायद मानसिकतामा धेरै हिच्किचावट पनि
थपिएको थियो । मैले पहिला बोलाउनुपर्छ, मै फोन
गर्नुपर्छ जस्ता दुखेसोका झन्झनाहट झनै कसिएर
जेलिएका थिए । एकिनै गरेर सम्बन्धको हालैको
लोकेसन यकिन नभएपनि सम्बन्ध खोली हुन्थ्यो भने
अहिले बगरतर्फ तिरमिराउदै किनारा तर्फ गइरहेको
थियो ।
तर अफसोच यस्ता विश्लेषण खै म ककसको गरेर सक्थे ,
सम्बन्ध फेरी पनि खोली मान्ने हो भने अनगिन्ती
मुहान जो जोडिएका थिए । एकको अभावले मायै
रित्तो कसरी हुन्थ्यो र ! मनै दु:खी केका लागि पो
बन्थ्यो र ! बिचका हरफ त आफै गितको भावमा
बहकिएर निस्केका थिए ।
# EnjoyWithEmotions
Stay smile, stay healthy

Post a Comment

Love you!!!

नया पेज पुराने