तिमी सँग रहदा समय ढिलो चलोस् भन्थे, यथार्थमा साच्चै मलाई कुनै हतार थिएन । तिमीलाई हेर्दै मुसुमुसु आँखा डुलाउनुको मजा बेग्लै थियो । तिमीले पनि आखाँ जुधाईदिए हुन्थ्यो नी भन्ने झिनामसिना लोभी इच्छाहरू मनमा छचल्किन्थे पनि ! म अरू सँग रहदा बोल्दा तिमी पनि कताकता जलिरहेकी हुन्थ्यौ तर त्यो पल मलाई मज्जा लाग्ने गर्थ्यो । यत्तिकै बसिरहेकै बेला पनि लज्जा भरिएको मन्द मन्द मुस्कान तिम्रो साच्चै हृदयस्पर्शी थियो । मैले सम्झनामा यस्तै यस्तै कुराहरूलाई डुलाईरहेको हुन्थे, दिवास्वप्न देख्दादेख्दै निदाईसकेको हुन्थे । तिमी पनि आजकल अलि खुल्दै आइरहेकी थियौ, थोरै थोरै ठट्टा थप्न जानिसकेकी थियौ । हसिलो स्टिकर च्याटको बिचबिचमा मैले पनि पठाउन थालिसकेको थिए । तिमीले प्रस्ताव स्विकार्न Ghajini को आमिरलाई झै मलाई हतार थिएन, वस एक हा कि गुजारिस भन्दै डायरी भर्नु पनि थिएन । मलाई थियो त केवल यसरि नै तिमीसँग अप टु डेट हुन, साथमा साथ भन्दा पनि दुखमा हात दिन सुखमा सँगै मात्तिन मन थियो । अझै पनि छ, रहिरहनेछ । एक चोटी माया भरिएको कामुक मुस्कान मेरो लागी छोडिदेउ...
प्रेमका सपनाहरु

Post a Comment

Love you!!!

और नया पुराने