चित्र अनि चरित्र
चित्र भित्र चरित्र पक्कै जोडिएको हुदो हो र त ! चित्र हेरेरै व्याख्या विश्लेषण गर्दा हुन् । सोचमग्न हुदै कलेजबाट फर्किदै गर्दा  हिडाईको सुर मा ताल थप्दा सोचेको थिए । लाग्दै थियो जस्तै कि म ठूलै युद्द जितेर आइरहेछु, अनुहारमा चमक कालै भए पनि विचारमा चमक थपिएको थियो । बाटैभरी भेटिने स्त्री अनुहार नियाल्दै थिए, आखा लोभी थियो तर मन पापी कहिल्यै भएन, हुनुपनि हुदैन । एउटा अनुहारले अर्कोलाई प्रतिस्थापन गरिरहदा रहदै कोठा आईपुगेको रहेथे, अवस्था अब एकदम शान्त थियो । मनमा कुनै हलचल थिएन, पुरानै व्यक्ति दिमागमा ताजा हुनुसम्म थिई । सायद यहि ठूलो पागलपन र आशा थियो । मन अमिलो भयो, मनमनमा सेन्टिमेन्टल धुन गुन्जायमान हुन लागे । मुख धुने निहु बाहेक कुनै विकल्प थिएन तर कसैले पत्तो सम्म पाएन किनकी मैले लुकाएको थिए । यसको चित्र कहा कसले भेटाओस् ।

Post a Comment

Love you!!!

और नया पुराने