तस्वीर zoom गरे अनि आँखामा आँखा जुधाए । तिम्रो याद हेर न !
मुस्कुराउनु भयो ? छैन भने मुस्कुराई हाल्नुहोला है ! कतै यो स्ट्याटस
तपाईलाई सम्झेर पो लेखे कि ! अन्दाज लगाइहाल्ने ठाउँ कति छ कति,
specially तिमी भन्ने मान्छेले अझै रेस्पेक्ट दिएर तपाईं ! पक्कै खास
छ । यो लेख विशेषगरी तपाईप्रतिको मेरो माया गर्ने तरिका हुन सक्छ । 'यति छिट्टै?' अह यो नसोच्नुहोस् १७/१८ त हुनुभयो होला !! हिहि actually तिमी भन्छु है फेरि, तिमी यो पढिरहेकी छ्यौ त्यसैले यदि
तिमीलाई मायाको अर्थ थाहा छैन भने सुन, यता हेर न, यो
तिम्रो
म प्रतिको
माया गर्ने तरिका हो, मलाई पढिराख । 
तिमी मनपरे पछि
तिम्रो तस्विर लुकिलुकी तिम्ले पनि थाहा नपाउने गरेर डाउनलोड गरेको थिए । जब म एक्लै हुन्थे, यताउता जताततै हेर्थे किनकी डर थियो, लाज हुन्थ्यो कसैले देखिहाल्यो भने हिहि तिम्रो lovely तस्विर ! वाह! यो~मुटु भन्छन् नि त्यही नीर सिरिङ्ग, माया जो भरिदै थियो । तिम्लाइ पनि यस्तै हुनु पर्ने, भएको छ कि, छ होला हिहि ! तिमीलाई मेरो मतलव कि तिम्रो तस्विरलाई vault भित्र सुरक्षित गरेको थिए । दुई दुई वटा पास्वर्ड राखेर यति जतनसाथ राखेको थिए कि अरुले भेटाउन त गाह्रै थियो । एप्लिकेसनपास्वर्ड राखे, त्यसमा फेरि पास्वर्ड राखे, एप त खुल्यो तर तिम्रो फोटो छ नि crush नामको फोल्डरभित्र बल्ल छ के । तिम्रो तस्विर हेर्दाहेर्दै कताकता मलाई झुठै भएपनी सपना देख्न मन लाग्छ, तस्विर zoom गरेर तिम्रो आँखामा आँखा जुधाउन मन लाग्छ । पहिले पहिले सक्दिन थिए तर धेरै प्रयाश पछि तस्विरमा त आँखा जुधाउन सक्ने भएको छु । वास्तविकतामा त खै ! म रातोपिरो नै हुन्छुहोला । भन्छन् नि माया गर्ने मान्छे डराउनु हुन्न तर जहाँसम्म मेरो कुरा गर्दा वन साइडेड!! नडराएर भो त ! कसैलाई जीवनमा पहिलो पल्ट मन पराएकोले पनि होला! के हुन्छ कसो हुन्छ केही पनि अनुभव छैन । आजकल रातै नविराइकन सपनाहरूमा पनि तिमीलाई देख्न थालेको छु । निद्रा पनिअबेर सम्म लाग्दैन क्या! तिम्रो सोचमा डुबेर । हुन त यो प्रेम यत्तिकै खेर जान्छ होला, तर जे होस् तिमी राम्री छ्यौ तिमीलाई जसले पनि मन पराउन सक्छ including म आफू पनि, मन पराउनु र माया गर्नु दुवै एकदम अलग कुरा हुन् तै पनि म तिमीलाई मन पराइरहेको छु र माया पनि गर्न थालनी गर्नेछु ! मैले कहि पढेको थिए 'खुशी हुने आत्मा हो, तन होइन' मलाई पनि यो सिद्धान्तले छोएको छ, तिमी म सँग नभएपनी मेरो अन्तरआत्मा तिमीलाई सम्झेर नै खुशी छ । यति भनिसकेपछी यो लेख काल्पनिक हो पत्याउन नपाई पनि भन्न सक्थे तर म भन्दिन ! किन थाहा छ ? मलाई तिमी मन पर्छ र अर्को कुरा पनि थाहा छ कि आफुलाई मन परेको मान्छेसँग झुठो बोल्नु हुदैन ! अलि अलि मात्रै हो फेरि, सबै त थाहा छैन । ओहो! घडी हेरेको त रातको एघार बजेर सत्ताइस मिनेट पनि गइसकेछ, देखिहाल्यौ तिमीलाई सोचेर बस्दा कति अबेरसम्म बस्दो रैछु । नपत्याएको हो, अट्ठाइस पनि भइसक्यो ऊ । अब त सुत्नुपर्छ, तिमीलाई देख्नुपर्छ । गुड नाइट, है !
© Aakash Chochangi

Post a Comment

Love you!!!

और नया पुराने