उ अझै केटाकेटी नै थिई । चञ्चल स्वभाव, हसिलो चेहरा, बोलेर नथाक्ने !
अझै भनौं रमाइली । 'मेरो छुट्टी सक्किन लाग्यो, म भोलि जाने रे! पर्सिबाट क्लास छ' मैले कुरा निकाले । एक छिन मौन रहि अनि प्रश्न गरि 'कहिले आउछौ फेरि?', 'कहिले आउने हो र?' मैले उल्टै जिस्क्याउदै सोधे । 'जहिले सुकै आउ' मुख खुम्च्याउदै भनी । म पनि
बनावटी हासो छर्दै 'किन सोध्या त, च्याखुरीले', अझै जिस्क्याइदिए ।
'सोध्न नि नहुने भो?' रिसाएझै गरि । 'नसोधे नसोध' कानमै विस्ता~रै भने,
उसलाई झन ठुस्किने निहु पर्यो । अब फकाउन त परिहाल्यो तर नयाँ
आइडिया त छैन मसँग ! अगाँल्दै भने 'यसो गर न त! तिमी पनि म सँग हिड,
दुइचार दिन हराइदिम्, घर बाट फोन गर्दा विहे गरे भन्देउ'…… 'अ……खुब, आजै गर्छु नि विहे काम नपाएर' टासिदै लाडे आवाज बनाई । जिस्क्याउने पाराले 'आजै विहे गर्नु भन्दा त कुकुर सँगै विहे
गर्छु बरु भन न !' अँगालो झन कसिलो बनाए । 'खुब ! टोक्दिन्छु फेरि'
बिस्तारै मेरो अनुहार तान्दै भनी । 'आबुइ! नभन्दै साच्चै हो कि क्या हो?'
जिस्किने निहु मात्रै परेको थियो । 'कति गफाडी भ'को यो मान्छे' उ पनि
अँगालो बेर्न सुर गर्दै थिइ । छोटो हासो हासे अनि अलिक वजन दिएर भने
'ओठमा केही नलाई आए पो हुन्छ'…… अचम्मित हुँदै भनी 'किन?'…… 'झ्याउ भयो नि बुझेनौ' आफ्नो सोझो गरेर
भने । 'यो मान्छे त कस्तो हो, पिट्दिन्छु फेरि' भन्दै थिइ, ढोका तिर हेरेर
भने 'हिड न त एकछिन भित्र' । 'किन?' बुझ पचाउदै भनी, मुस्कुराए, उ
लजाएझै गर्दै थिइ…अनि तुरुन्तै कोठा भित्र गयौ ।
Add caption |
एक टिप्पणी भेजें
Love you!!!