-आकाश चोचाङ्गी
सपना भन्नेबित्तिकै राती निदाउदा देखिने सपना नभई निदाउन नदिने कल्पना बारे सोचौं । भन्नेहरुले त सपना देख्नु राम्रो होइन, सपना देख्दादेख्दै मान्छेले लक्ष्य बिर्सिन्छ भन्छ्न् तर म यो भनाई सँग सहमत छैन । तर ! सपना देख्ने पनि तरिका फरकफरक हुन सक्छ । जस्तो कि कोहि लक्ष्यमा पुगिसकेको सपना सजाउछन् त कोहि लक्ष्यमा पुग्न उपाय रच्दै सपना सजाउछन् ।यदि तपाईं पनि आफ्नो लक्ष्य हासिल गर्न चाहनुहुन्छ भने लक्ष्यमा पुग्ने उपाय खोज्ने वानी बसाल्नुहोस् न कि लक्ष्य भेटेको सम्झेर रमाउनु ! जसको लागि तपाइले SMART बन्न सिक्नुपर्नेहुन्छ । यो सुत्र मान्छेको व्यक्तिगत लक्ष्य भेटाउन मात्र होइन व्यावसायिक लक्ष्य हासिल गर्न पनि उत्तिकै उपयोगी छ । त्यसबारे छोटकरिमा चर्चा गरौं---
S- Specific
जहिल्यै पनि लक्ष्य बनाउदै गर्दा specific goal setting गर्नुपर्छ । वास्तवमै यहि नै लक्ष्य हो भनी किटान गर्न सक्नु नै SMART को S हो ।
M- Measurable
लक्ष्य मापनयोग्य हुनुपर्दछ । उदाहरणको लागि तपाईको उद्देश्य muscle gain गर्नु हो भने जसरी पनि gain गर्नुपर्छ भन्ने होइन कि हप्तामा कति किलो या महिनामा कति ? त्यो निर्दिष्ट गरेर अघि बढ्दा राम्रो नतिजा प्राप्त गर्न सकिन्छ । यहि नै SMART को M हो ।

A- Acceptance
लक्ष्य स्विकार्य अर्थात स्विकारयोग्य हुन पनि उत्तिकै जरुरी हुन्छ । उदाहरणको लागि तपाइको व्यवसाय गैरकानुनी हुनु भएन, त्यस्तै व्यक्तिगत लक्ष्य तर्फ कसैलाई दु:ख दिने कार्य - यस्ता लक्ष्य हामीले लिनु हुदैन ।

R- Reliable/ Related
यसमा हामिले के कुरा ध्यान दिनुपर्छ भने लक्ष्य प्राप्ती तर्फ हाम्रो काम गइरहेको छ या छैन । कहिलेकाही हामीले मिहिनेत गरिरहेकै हुन्छौ तर पनि केही मिहिनेतहरु लक्ष्य प्राप्ती तर्फ related नै हुदैनन् तसर्थ यो कुरालाई पनि ख्याल गर्नुपर्छ ।

T- Time Bounded
कुनै पनि लक्ष्य यो समयभित्र पूरा गरिसक्ने भनी सुहाउदो समय सिमा निर्धारण गर्नु SMART को T हो । किनकी समय सिमा निर्धारण गरेर अघि बढ्दा लक्ष्य तर्फ सचेत भइने मात्रै होइन, लक्ष्य प्राप्त गर्न पनि उत्तिकै प्रेसर भइरहेको हुन्छ ।

यसरी सपना देख्ने र प्राप्त गर्न अपनाउने केही good habits बारेको चर्चा कस्तो लाग्यो, प्रतिक्रिया दिन नभुल्नु होला । मन परेमा शेयर पनि गर्नुहोला ।
Thanks for reading, see you on next article . Have a nice time.
0 यहाँ प्रतिक्रिया छोड्नुहोस् ।:
Post a Comment
I appreciate your opinion.