चर्चित साइट तथा ब्लगहरु जुन अरु भन्दा उपयोगी र सरल हुन्छन्, हामी प्राय हेरिरहन्छौ । तै पनि चर्चिट साइटहरुले पनि ठुलै गल्ती गरिरहेका हुन्छन् । चर्चित नै भएपनी कुनै साइट इजि नेभिगेसन नहुने, छरपस्ट ads, javascript confirm, लोडिङ भइरहने इत्यादि हुन्छन् । आज बिहानै हो एउटा इन्डियन ब्लग खोलेको थिए, ट्याली मन्युअल पढ्न । १ एमबि डेटा पुरै सकियो तर खोजेको चिज फेरि अर्को पृष्ठमा ।
अर्को पृष्ठ खोल्दा विज्ञापन, हात लाग्यो सुन्य । यसरी पाठकलाइ अल्झाउने, धेरै बकबक तथा समयको नष्ट गर्ने साइट राम्रो विल्कुलै हुदैन । पाठकहरु समय बिताउन साइट भिजिट गरिरहेका हुदैनन्, यो कुरा तिनिहरुले बुझ्नुपर्छ ।
हुनत, म पनि भर्खर ब्लगमा छिरेको छु । ब्लगर हुन बाकी नै छ, ठुलो कुरो गर्यो भन्ने लाग्न सक्छ । अलिकती ठुला ब्लगरमा त्यो घमण्ड र तुजुक पनि नहुने चाही होइन । त्यसमध्ये कमेन्टको रिप्लाइ प्राय ब्लगरले दिदैनन् त्यो दुखको कुरा हो ।
पाठकको लागी अर्को दु:खको कुरा के छ भने original पोष्ट कसको हो भनेर ठम्याउनै गाह्रो, एउटै लेख अनेकथरी ब्लगमा भेटिन्छ्न् । कहिलेकाही त के भेटेको छु भने चर्चित ब्लगरहरुले नै अरुको पोष्ट कपि गर्दिने सुरु र अन्त्यमा थोरै शब्द थपथाप गर्ने ।
यसरी नेपाली ब्लग, ब्लगर तथा पाठक सबैलाइ हानी पुर्याउने तत्वहरुलाई त्यागेर मौलिक लेख प्रस्तुत गर्नु र पढ्न पाउनु दुवैथरिको लागी राम्रो हुनेछ । सुरुमा आउने ब्लगरहरुले पनि ब्लग भरिभराउ देखाउन कपि पेस्ट पद्धति त्याग्नुपर्छ । खासमा सुध्रिनुपर्ने ब्लगर हो पाठक होइनन् । नेपाली फिल्म उद्योगले नेपाली फिल्म हेरेनन् भन्ने जस्तो अभिव्यक्ती छाट्नु बेकार हो । आफ्नो ब्राण्ड र प्रोडक्ट राम्रो र गुणस्तरको भएपछी मुनाफामा कुनै शंका हुन्छ र?
Thanks for reading. Please like, share and comment.
0 यहाँ प्रतिक्रिया छोड्नुहोस् ।:
Post a Comment
I appreciate your opinion.